Logo

‘उद्योगले प्रयोग गरेको बिजुलीको रेकर्ड एमडीले राख्ने हैन’

अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओली लगायत अहिलेको मन्त्रिपरिषद्को स्वार्थ रहेको भनी विवादमा आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलका सन्दर्भ यतिखेर ‘हटकेक’ बनेको छ । मुलुक चरम लोडसेडिङमा रहेका बेला पनि उद्योगीले चौबीसै घण्टा प्रयोग गर्न पाएको बिजुलीको अर्बौं रुपैयाँ महसुल कर्पोरेट र शासकको मिलेमतोमा पचाउन खोजिएको आरोप लागिरहेको छ । नेपाल विद्युत् प्राधिकरणको वर्तमान टीम सो महसुल उठाउन लामो समयदेखि प्रयासरत छ । ९-१० वर्षदेखि चलिरहेको डेडिकेटेड र ट्रंकलाइन महसुल विवादमा पटकपटक ठूला उद्योगको लाइन काट्ने र सरकारको आदेशमा पुनः जोड्ने गरिएको छ । विद्युत महसुलकै विवादका सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा. मुकेशराज काफ्लेसँग कृष्ण तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंशः

अहिले बाहिर आएको डेडिकेटेड र ट्रंकलाइन मामिलामा भ्रम फैलाएको हो कि वास्तविकता नै यही हो ? सरकार र कुलमानबीच द्वन्द्व सुरु हुनुको कारण के हो ?