Logo

एनसेलमा अर्बौं अफसोर कारोबार गरेका निरज गोविन्द श्रेष्ठमाथि कारबाही सिफारिस

अ+ अ-

काठमाडौं- नेपालका ठूला उद्योगी तथा लगानीकर्ताहरू सामान्यतयाः सबैसामु परिचित छन् । प्रशंसित वा विवादित हुँदा; उद्योगी/व्यवसायीहरूले सञ्चारमाध्यम वा सार्वजनिक कार्यक्रममार्फत् आफ्ना मतहरू राख्ने गर्छन्‌ ।

तर, निरज गोविन्द श्रेष्ठ यस्तो नाम हो- जसलाई धेरै नेपालीले नसुनेका हुन सक्छन् । किनकी उनी सार्वजनिक मञ्‍चमा कमै देखा पर्छन्‌ । तर, उनै श्रेष्ठ दशकयता नेपालको दूरसञ्चार कम्पनी एनसेलसँग जोडिएर विवादमा छन् ।