Logo

सेयर लगानीकर्ता उत्साहित, सर्कुलर पर्खने

अ+ अ-

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका मौद्रिक नीतिमा शेयर धितो कर्जामा लगाइएको २० करोड रुपैयाँको क्याप हटाएको उल्लेख छ ।

निजी क्षेत्रमा प्रवाह हुने कर्जा पनि बढाउने लक्ष्य । बैंकहरूले नाफा बढाइने र कर्जाको सीमा पनि बढाउने लक्ष्यसाथ मौद्रिक नीति आएको छ ।

मौद्रिक नीतिबारे शेयर लगानीकर्ताले  सकारात्मक प्रतिक्रिया दिएका छन् । नीति समग्रमा राम्रो आएको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखलेलले खबरहबलाई प्रतिक्रिया दिइन्‌ ।