काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २००० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।