Logo

६१ अंकले बढ्यो नेप्से, कारोबार १५ अर्ब बढी

अ+ अ-

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको छ । नेप्से एकै दिन ६१.६१ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो ।

आइतबार नेप्से २.५४ प्रतिशतले बढेर २४८८५.९४ विन्लुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटल एण्ठ टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ ।

आज वाणिज्य बैंक समूहको शेयर ३.८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६.८० प्रतिशतले बढेको छ । होटल एण्ड टुरिजमको शेयर ४.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २.६८ प्रतिशतले, उत्पादन समूहको २.९७ प्रतिशत र अन्य समूहको ३.३८ प्रतिशतले शेयर बढेको छ । आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ  ।