Logo

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

अ+ अ-

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार सेवाग्राहीले व्यहोर्नुपरेको छ । सेवा प्रदायक र सरकारबीच विवादको मार बिहीबार करिब ७ घण्टासम्म इन्टरनेट रोकिएर आमउपभोक्ताले सास्ती भोग्नुपर्‍यो ।

सेवा प्रदायकहरुले नेपालमा ८० प्रतिशत ब्यान्डविथ उपलब्ध गराएको भारतीय कम्पनी एयरटेलले आपूर्ति रोकिदिँदा बिहीबार अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म इन्टरनेट अवरुद्ध भयो ।

सरकारले सेवा प्रदायकहरुबाट करिब ३ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । यस्तोमा ब्यान्डविथ उपलब्ध गराएको भारतीय कम्पनीलाई भुक्तानीका लागि सरकाले विदेशी मुद्रा सिफारिस नगरिदिँदा इन्टरनेट अवरुद्ध भएको तर्क सेवा प्रदायकहरुको छ ।