Logo

१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना

अ+ अ-

काठमाडौं- उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । केही नेपाली युवालाई अमेरिका पठाउन दूतावासलाई सिफारिससहित लेखेको पत्र बाहिरिएपछि उनी विवादमा परेकी हुन् ।

धर्मपुत्र-पुत्री बनाएर विदेश पठाउने काममा पनि सन्देहास्पद भूमिका रहेको आरोप लागिरहेका बेला उपसभामुख रानाले केही युवाका लागि भिसा दिन भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्रले अर्को समस्या निम्त्याएको हो ।