Logo

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अ+ अ-

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  आज सुन तोलामा २००० रुपैयाँले घटेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।