Logo

ओलीले देउवालाई पनि धोका दिन्छन्

अ+ अ-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाका सभापति शेरबहादुर देउवाका बिचमा सत्ता समीकरणका लागि भएको सहमतिप्रति ने.क.पा. (मसाल) को गम्भीर ध्यान आकर्षण भएको छ । हाम्रो पार्टीले प्रतिगमनको खतराका विरुद्ध भएका वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूका बीचमा गठबन्धनका लागि सुरूदेखि नै जोड दिँदै आएको थियो र त्यसलाई सफल पार्न इमान्दारीपूर्वक प्रयत्न पनि गर्दै आएको थियो । त्यो गठबन्धनका महत्वपूर्ण राजनीतिक उपलब्धिहरू पनि भएका थिए, जसमध्ये ओलीले दुई–दुई पल्ट संसदलाई विघटन गरेर देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजान खोजेको प्रयत्नलाई असफल पारेको कार्य विशेष रूपले उल्लेखनीय छ ।

प्रतिगमनको विरुद्ध हामीले संयुक्तरूपले सङ्घर्ष गर्दै आएको भए पनि गठबन्धनमा सामेल कतिपय राजनीतिक दल वा सङ्गठनहरूका ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीतिहरूका कारणले त्यो गठबन्धन बारम्बार टुट्दै आएको छ र त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने कुरा निश्चित छ ।